बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित सुजाता कोइरालाको आत्मकथा ‘म र मेरो सानुबुबा’ नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले आफूहरू जेलदेखिकै साथी रहेको भन्दै आगामी दिनमा पनि पूर्ण साथ समर्थन रहेको बताएका हुन्।
उनले भने,‘ओलीजी र कांग्रेसबीच समन्वय भएको छ। हामी जेलमा पनि सँगै बसेको हौं। हामी त जेलभित्रको पनि जेल गोलघर भन्ने ठाउँ छ त्यहाँपनि सँगै थियौं। त्यसैले पनि हाम्रो सम्बन्ध राम्रो छ। अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं। अहिले सत्तामा सहकार्य गरिरहेका छौं। कांग्रेसबाट उहाँलाई पूरा सपोर्ट छ।’
त्यस्तै उनले गिरिजाप्रसाद कोइरालासँगको सम्बन्धबारे पनि टिप्पणी गरे। उनले गिरिजाले आफूलाई पार्टीबाट निकाल्दा आफूले अर्को पार्टी खोलेको स्मरण गर्दै आफूहरूबीच उतारचढावको सम्बन्ध रहेको बताए।
उनले भने, ‘गिरिजाप्रसाद कोइरालाजीको कुरा गर्दा सम्बन्धमा धेरै उतारचढाव आए। उहाँले मलाई पार्टीबाट निकाल्नुभयो। मैंले अर्को पार्टी खोलें। त्यसैले उहाँसँगको सम्बन्ध चाँही उतारचढावको सम्बन्ध छ।’
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया