बिएल संवाददाता
नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले प्रजातन्त्रलाई बलियो बनाएर देशको रक्षा गर्नुपर्ने बताएकी छन्।
मंगलबार आफैंले लेखेको ‘म र मेरो सानोबुबा’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले विभिन्न समयमा भएको आन्दोलनले देशमा परिवर्तन आएको भन्दै देशको रक्षाको लागि प्रजातन्त्रलाई बलियो बनाउनुपर्ने बताएकी हुन्।
‘२०४६ र २०६२/०६३ को आन्दोलनपछि नेपालमा धेरै ठुला विकास भएका छन्। धेरै कुरामा परिर्वतन आएका छन्। ति कुराहरू पनि पुस्तकमा समेट्न खोजेको छु। अब प्रजातन्त्रलाई हामीले बलियो बनाएर यो देशको रक्षा गर्नुपर्छ।’
ओली र देउवातिर हेर्दै उनले थपिन्, ‘ यहाँ अनुभवी नेताहरू हुनुहुन्छ। विकासप्रेमी ओलीजी, शेरबहादुरजी हुनुहुन्छ। धेरै दुःख गरेर जेलनेल गएर नै नेता बन्नु भएको हो। उहाँहर"को पनि आफ्नै अनुभव छ। उहाँहर"ले सम्हाल्नुहुन्छ। हामीले पाएका उपलव्धिहरूलाई बचाएर राख्नुपर्छ।’
उनले गिरिजाप्रसाद कोइरालाकै प्रस्तावमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको पनि बताइन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया