बिएल संवाददाता
नेकपा माओवादी (केन्द्र)ले टीआरसीसँग नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नसाटेको स्पष्ट पारेको छ।
पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले मंगलबार एक विज्ञप्ति जारी गर्दै कुलमानलाई हटाउने सरकारको निर्णयपछि माओवादीविरुद्ध प्रायोजित दुष्प्रचार सुरु गरिएको दाबी गरे।
विज्ञप्तिमा भनिएको छ, ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ। आमनागरिकमा भ्रम श्रृजना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न हामी कडा चेतावनी दिन चाहन्छौं।’
त्यस्तै माओवादीले कुलमानलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक भएको बताएको छ। उसले कुलमानलाई हटाउने निर्णय तत्काल फिर्ता लिन पनि आग्रह गरेको छ।
सापकोटा भन्छन्, ‘विचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो। यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास श्रृजना गर्ने उद्देश्यले गरिएको छ। यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया