बिएल संवाददाता
प्रतिपक्ष दलहरूले संसद चल्न नदिने भएका छन्। आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको बैठक बस्दैछ।
सरकारले एकपछि अर्को असंवैधानिक निर्णयहरू गर्दै गएको भन्दै त्यसको विरोधमा विपक्षीहरूले संसद अवरोध गर्ने निर्णय गरेका हुन्।
बुधबार बिहान नेकपा माओवादीको नेतृत्वमा उसकै संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले हालैमात्र नेपाल विद्यु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको थियो। सत्ता पक्षकै नेताहरू र विपक्षी दलहरूले समेत त्यसको चर्को विरोध र आलोचना गरेका छन्।
बैठकमा पुष्पकमल दाहाल प्रचण्ड, मधाव नेपाल, नारायणकाजी श्रेष्ठ, डीपी ढकाल, स्वर्णिम वाग्ले, महिन्द्र राय यादवलगायत सहभागी थिए।
उनीहरूले संसदमा प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक अवरुद्ध गर्ने निर्णय गरेका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया