बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको भन्दै प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले विरोध गरेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
बुधबार संसद बैठक सुुरु हुने वित्तिकै प्रतिपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरेका थिए।
सांसदहरूले उठेर विरोध जनाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई सभामुखले बोल्न समय दिएका थिए।
उनले सरकारले विचौलियाको आदेशमा सरकारले कुलमानलाई हटाएको आरोप लगाए। उनले जुन प्रयोजनका लागि सरकार बनेको थियो त्यो औचित्य समाप्त भएको दाबी गरे। उनले सरकार नै ४ महिना टिक्ने आधार नभएपछि कुलमानलाई हटाएको दाबी गरे।
उनले प्रश्न गरे, ‘चार महिनामात्र कार्यकाल बाँकी रहेका कुलमानलाई सरकारले किन हटायो? सायद ४ महिना पनि टिक्दैन भनेर होला कुलमानलाई हटाउन यति हतारो गरेको हो?’
प्रतिपक्षी दलहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिएका थिए।
सभामुखले पटकपटक बस्न र सदन चलाउने वातावरण बनाउन आग्रह गरेपछि प्रतिपक्षी सांसदले नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको हो।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया