बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई हटाएको विषयले संसदमा हंगामा मच्चाएको छ। आजै दुईपटक बसेको संसदमा सरकार नआएपछि बैठक भोलि बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ।
आज बिहान ११ बजे बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी सांसदहरूले कुलमानलाई हटाएको विषयमा सरकारको जवाफ खोजेपछि बैठक स्थगित भएको थियो।
आधा घण्टाका लागि स्थगित बैठक दिउँसो ३ बजेपछि पुनः बसेको थियो। तर, बैठक सुरु हुनेवित्तिकै प्रतिपक्षी दलहरूले फेरि सरकारको जवाफ खोज्दै विरोध गरेपछि बैठक स्थगित भएको हो।
सभामुख देवराज घिमिरेले सांसदहरूलाई बैठक सहज रुपमा सञ्चालन गर्न पटकपटक आग्रह गरेपनि नमानेपछि बैठक स्थगित गरेका हुन्। प्रतिपक्षीले दिनभर संसदमा सरकार खोजपनि सरकारको तर्फबाट जवाफ आएन।
प्रतिपक्षी दलहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जवाफ नदिएसम्म बैठक चल्न नदिने चेतावनी दिएका थिए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया