बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा कर्मचारीलाई हटाउँदा केही मानिसहरू छाती पिटीपिटी रोइरहेको टिप्पणी गरेका छन्।
नेकपा एमालेको युवादस्ता राष्ट्रिय युवा संघ नेपालद्वारा बुधबार आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसबारे सरकारले जवाफ दिइरहनु आवश्यक नरहेको टिप्पणी गरे।
उनले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्यो। सक्कियो। त्यही हो जवाफ। उहाँहरूलाई सहयोग हुने, उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन’, ओलीले भने।
त्यस्तै उनले चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्था रहेकामा त्यसलाई रोक्ने नियतले विपक्षी दलहरूले सदनमा अवरोध सुरु गरेको भन्दै आक्रोश व्यक्त गरे।
ओली भन्छन्, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरू। प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस्। आखिर तपाईंहरूले चिसै पानीले नुहाउनुपर्छ। हामी न मात्तिछौं। न आत्तिन्छौं। धैर्यपूर्वक अगाडि बढ्छौं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया