बिएल संवाददाता
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै युवाहरूको समूहले बुधबार पनि प्राधिकरण अगाडि विरोध प्रदर्शन गरेको छ।
कुलमानलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोधमा आज पनि स्वतन्त्र युवाहरू रत्नपार्क प्राधिकरणको कार्यालय अगाडि पुगेर प्रदर्शन गरेका हुन्। उनीहरूले विरोध प्रदर्शनमा विद्युत प्राधिकरण डुबाउन पाइँदैन, कुलमान घिसिङ पुनः नियुक्ती गर, केपी ओली मुर्दावाद जस्ता नारा लगाएका थिए।
प्रदर्शनका क्रममा कुलमान समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो।सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमानलाई हटाउने निर्णय गरेपछि सडकमा विरोध भइरहेको छ। विपक्षी दलहरूले संसदमा समेत अवरोध गरेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया