बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले अहिले पनि हिंसालाई ग्लोरिफाई गरिरहेको टिप्पणी गरेका छन्।
बिहीबार संक्रमणकालीन न्यायसम्बन्धि राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले माओवादीका कारण विगतमा नेपालले भोग्नै नपर्ने, अनावश्यक र अनुचित हिंसा भोगेको टिप्पणी गरेका हुन्।
माअोवादीको कारण हजारौं मान्छेहरू भिक्टिम भएको, हजारौंको संख्यामा मान्छेहरूको ज्यान गएको, हजारौं टुहु्रा-टुहुरी भएको बताए। उनले माओवादीले अहिले पनि छुट्टी मनाउने, बाजा बजाउनेजस्ता कुरा गरेर हिंसालाई ग्लोरिफाई गरिरहेको दाबी गरे।
ओलीले भने, ‘आफ्नै काम पनि हिजो बेठीक रहेछन् भने बेठीक भएछ भनेर जनताका अगाडि आत्मालोचित भएर पेश हुन सक्नुपर्छ। त्यो (जनयुद्ध) एउटा राष्ट्रिय गल्ती थियो। अब उप्रान्त यस्तो नहुने कुराको अलिकति रिस उठ्यो भने फेरि जाउँ त? यस्तो खालको हुन हुँदैन। यो कुनै चानचुने कुरा होईन, ख्यालमा भन्ने कुरा पनि होईन। ‘बिसाएका हौं, छोडेका छैनौं’ यस्तो खालको कुरा र शान्ति प्रक्रिया मलाई त्यसमा डर छ, विलम्ब यसै मनोदशाले पनि भएको होला । यो मनोदशा त्याग्नुपर्छ।’
त्यस्तै ओलीले नेपालमा शान्ति प्रक्रिया आफैंले सुरू गरेको दाबी गरेका छन्। उनले प्रक्रिया आफैंले सुरू गरेको भएपनि आफू श्रेयको भोको नरहेको बताए।
उनले भने, ‘नेपालमा शान्ति प्रक्रिया आफैंले सुरू गरेका छौं। आफैंले गरेर अगाडि बढाएका हौं। कसले श्रेय लिने हो भन्ने कुरा छाडौं। म यसलाई सफलमात्रै पार्न चाहन्छु। श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु। मलाई श्रेयको भोक छैन्। श्रेय चाहिएन सफल पारौं। पीडितका घाउमा मल्हम लगाउँ ,उहाँहरूको आँशु पुछौं।’
त्यस्तै उनले ठूला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने पनि धारणा राखे।
‘वास्तवमा हामी मिल्यौं भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन। पीडितलाई न्याय दिन नसकिने भन्ने छैन। सकिन्छ, सक्नुपर्छ र हामी सक्छौं पनि। प्रधानमन्त्रीको हैसियतले यो भन्न चाहन्छु।’
त्यस्तै प्रधानमन्त्री ओलीले आयोगहरू सलबलाउन नसक्नु दुर्भाग्यको कुरा रहेको पनि बताए।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया