बिएल संवाददाता
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई रिट सच्याउन अवसर दिएको छ।
साढे ३ वर्ष पुरानो मुद्दाको टुंगो लगाउन माग गर्दै बुधबार सर्वोच्चमा रिट लिएर पुगेका शाक्यलाई रीत नपुगेको भन्दै रिट सच्याउन समय दिएको हो।
शाक्यले २०७७ सालमा आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गलत भएको दाबी गर्दै आफूले खाइपाई आएको सेवासुविधा उपब्लध गराउनुपर्ने मागसहित रिट दायर गरेका थिए।
सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेल र शाक्यका पक्षबाट आएका कानुन व्यवसायीसँग भएको छलफलपछि रीट सच्याउन समय दिइएको हो।
शाक्य पक्षले आजै रिट सच्याएर पेस गर्ने तयारी गरेको छ। उक्त रिटको पेसी २०८२ असार १० गतेका लागि तोकिएको स्रोतले बतायो।
उता बर्खास्तीमा परेका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि आफ्नो बर्खास्ती गैरकानुनी भएको दाबी गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया