बिएल संवाददाता
राजावादी मोर्चाले दुर्गा प्रसाईंलाई राजसंस्था पुनर्स्थापनाका लागि आयोजना गर्न लागेको संयुक्त जनआन्दोलनको कमाण्डरको जिम्मेवारी दिएको छ।
बिहीबार काठमाडौंको चाबहिलमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको जानकारी गराए।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले विशाल जनप्रदर्शनको तयारी गरेका छन्। उक्त आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गर्न लागेका हुन्।
प्रसाईंले आजै पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवास पुगेर छलफल गरेका थिए। राजावादी मोर्चाका संयोजक सुवेदी पनि आजै शाहलाई भेट्न पुगेका थिए। भेटवार्तापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रसाईंलाई कमाण्डर तोकिएको जानकारी गराइएको हो।
राजावादी मोर्चाले सबै राजतन्त्रवादीहरूलाई आन्दोलन सफल बनाउन अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया