बिएल संवाददाता
कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले रहर गर्दैमा राजतन्त्र पुन:स्थापना हुन नसक्ने टिप्पणी गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानवअधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतन्त्रलाई नेपाली जनताले मानिसकेकोले यही व्यवस्थाका कारण देशमा समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको संविधान बनेको बताए।
उनले राजाले जस्तो राष्ट्रपतिले कू गर्न नसक्ने दाबी गर्दै कुनै पनि हालतमा प्रजातन्त्रबाट पछि हट्ने कुरा नहुने बताए।
उनले भने, ‘राजाले कू गर्छन् भनेजस्तो हाम्रो राष्ट्रपतिले कू गर्न सक्दैनन्। कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन। यो प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ।’
देउवाले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायत नेताहरू र नेपालीले लडेर स्थापना गरेको लोकतान्त्रिक गणतन्त्र व्यवस्था हट्न नसक्ने दाबी गरे।
उनले भने, ‘कसैले रहर गरेर हुने कुरा छैन। संविधानसभामार्फत सम्पूर्ण नेपाली जनताको इच्छाअनुसार गणतन्त्र आएको हो। यो हट्नेवाला छैन, हट्ने कुरा पनि छैन।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया