काठमाडौंमा दुईथरिका शक्ति प्रदर्शनबीच आज प्रतिनिधिसभाको बैठक पनि बस्दैछ। यसअघि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोध गर्दै प्रतिपक्षहरूले दुई बैठक अवरुद्ध गरेका थिए।
आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
यस्तै ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने छन्।
साथै, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बिहीबार पनि बैठक बोलाइएको थियो। तर प्रतिपक्ष दलहरूसँग सहमति हुन नसकेपछि बैठक स्थगित भएको थियो।
विपक्षीहरूले संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै आएका छन्। तर प्रधानमन्त्री नआउने र मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको छ। प्रतिपक्ष भने आफ्नो अडानबाट पछि हटेका छैनन्।
आजै काठमाडौंमा राजावादीहरूले राजसंस्था माग गर्दै र समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछन्। त्यसका लागि बिहानैदेखि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। र काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया