बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका कुलमान घिसिङ र नयाँ नियुक्त भएका हितेन्द्रदेव शाक्यको मुद्दामा आज सुनुवाई हुँदैछ।
दुबै मुद्दाको पेशी एकजना न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा छ।
आफूलाई अन्यायपूर्वक हटाएको भन्दै कुलमानले बुधबार सर्वोच्चमा रिट हालेका थिए। त्यसलगत्तै हितेन्द्रदेव पनि ४ वर्षअघिको मुद्दा लिएर सर्वोच्च पुगेका थिए।
त्यो बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले हितेन्द्रलाई हटाएर कुलमानलाई कार्यकारी निर्देशक बनाएको थियो। त्यसपछि हितमान सर्वोच्च गए। तर सर्वोच्चले फैसला नसक्दै उनको कार्यकाल सकियो। त्यही कार्यकालमा कुलमानले काम गरिरहेका थिए। आगामी साउनमा कुलमानको पनि कार्यकाल सकिदैं थियो। तर सरकारले उनलाई गत सोमबार बर्खास्त गरेर हितेन्द्रलाई कार्यकारी निर्देशक बनाएको हो।
त्यसपछि कुलमान आफूलाई अन्याय भएको भन्दै पुनर्नियुक्तको माग गर्दै सर्वोच्च पुगे भने ४ वर्षअघि आफूलाई यस्तै अन्याय भएको भन्दै त्यो अवधिभरिको सेवा सुविधा उपलब्ध गराइदिन माग गर्दै हितेन्द्र पनि सर्वोच्च पुगेका हुन्।
आज दुबैको मुद्दामा सुनुवाइ हुँदैछ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया