बिएल संवाददाता
आज भएको प्रदर्शनमा भीडलाई उक्साउँदै आगजनी र तोडफोड भएका घटनामा मुख्य जिम्मेवार ठहर्याउँदै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ।
राजावादीहरूले गरेको आजको प्रदर्शनको ‘कमाण्डर’ दुर्गा प्रसाईंलाई तोकिएको थियो। तर उनले भीडलाई उग्र बनाउँदै उक्साएका थिए।
राजावादीहरूले तीनकुने क्षेत्रमा विभिन्न व्यक्तिहरूको घरमा आगजनी गरेका थिए। उनीहरूले नेकपा एकीकृत समाजवादीको कार्यालय, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीलगायत धेरै व्यक्तिगत घरहरूमा आगजनी गरे।
भाटभटेनीमा लुटपाट पनि गरे। अन्नपूर्ण मिडिया नेटवर्कको मुख्य कार्यालयमा पनि तोडफोड गरेका थिए।
यी घटनाहरूमा जिम्मेवार ठहर्याउँदै दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
राजावादीको प्रददर्शन उग्र हुँदा भएको झडपमा एकजना मारिएका छन् भने प्रहरीसहित २२ जना घाइते भएका छन्। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्नका लागि अश्रुग्याँस र हवाइफायर गरेको थियो।
प्रहरीको गोली लागेर प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको विस्तृत परिचय भने खुलिसकेको छैन।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया