बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले पदबाट राजीनामा दिएका छन्।
उनको राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बरालले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएको बताएको छ।
उनले आफ्नो स्वास्थ्य समस्याका कारण पदमा बसिरहन नसक्ने भन्दै प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पत्र पठाएर पोखरा लागेका छन्।
गत वर्ष फागुनमा तत्कालिन प्रचण्ड सरकारले बराललाई त्रिवि उपकुलपति नियुक्त गरेको थियो।
बरालको राजीनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत भने गरिसकेको छैन।
उनी लामो समयदेखि प्रोस्टेट पीडित हुन्। सोही कारण उनले काम गर्नसक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको बुझिएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया