बिएल संवाददाता
गाजा क्षेत्रमा युद्धबिरामका लागि एउटा नयाँ प्रस्तावमाथि हमासले आफ्नो मञ्जुरी दिएको छ। यो प्रस्ताव कतार र इजिप्टको मध्यस्थतामा तयार भएको थियो।
सम्भवत: आगामी ईददेखि युद्धबिराम हुनसक्छ। त्यसका लागि इजरायलको स्वीकृती भने बाँकी छ। यद्यपि आफूहरूले त्यो प्रस्ताव प्राप्त गरिसकेको र त्यसमा बिचार गरेर जवाफ दिने इजरायलले जनाएको छ।
नयाँ प्रस्तावअनुसार हमासले थप बन्दीहरू रिहा गर्नेछ र त्यसका लागि ५० दिनसम्म युद्धबिराम हुनेछ। हमासका बरिष्ठ नेता खलील अल हययाले आफूहरू यो सम्झौताका लागि तयार भएको बताएका छन्।
हाल इजरायलले गाजा क्षेत्रमाथि हवाई र स्थलगत आक्रमण पनि तीब्र बनाइरहेको छ।
गत जनवरीमा भएको युद्धबिराम सम्झौता मार्चमा सकिएको थियो। त्यो बीचमा हमासले ३३ बन्धकहरूलाई रिहा गरेको थियो। अहिले पनि हमासले ५९ जना मानिस बन्धक बनाइरहेको छ। तर तीमध्ये कति जिवित छन् भन्नेबारे स्पष्ट छैन।
हमासले नेपाली विद्यार्थी बिपीन जोशीलाई पनि बन्धक बनाएको थियो। तर उनको अवस्थाको बारेमा पनि जानकारी यकीन छैन। १९ महिनाअघि युद्ध सुरु हुँदा हमासको आक्रमणमा परेर इजरायलमा अध्ययनरत १० जना नेपालीको ज्यान गएको थियो। त्यही बेला हमासले बिपीनलाई पनि बन्धक बनाएको थियो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया