बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र बुझाउन गएको काठमाडौं महानगरको टोलीलाई निर्मल निवासका सुरक्षाकर्मीले गेटबाटै फर्काइदिएका छन्। आइतबार बिहान महानगर प्रहरीको गाडीलाई उनीहरूले गेटबाट छिर्नै नदिएर फर्काइदिएका हुन्।
शनिबारमात्रै महानगरले ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकहरूमा लगभग ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो।
शुक्रबारको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा भएको सार्वजनिक संरचनाको क्षति र महानगरको सम्पत्तिमा भएको क्षतिलगायतको फरकफरक शीर्षकमा महानगरले जरिवाना पत्र निर्मल निवास पठाएको हो।
महानगरले क्षतिको मुल्यांकनका लागि शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएको थियो। सोही समितिको मुल्यांकनका आधारमा ७ लाख ९३ हजारको बिल जरिवाना पत्र काटेको थियो।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया