बिएल संवाददाता
प्रतिपक्षी दलहरूको विरोधका कारण अवरुद्ध भएको प्रतिनिधि सभा बैठक सहज सञ्चालनका लागि सभामुख देवराज घिमिरे सक्रिय बनेका छन्।
सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रतिपक्षीले अवरुद्ध गरेपछि सभामुखले आइतबार प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
संघीय संसद भवन नयाँबानेश्वरमा कांग्रेस, एमाले, माओवादी (केन्द्र), रास्वपा र राप्रपाका प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरेका हुन्।
कुलमानलाई हटाएको विषयमा दलहरूले प्रधानमन्त्रीको जवाफ मागेका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओली बोल्न तयार नभएपछि प्रतिपक्षीहरूले ओलीले जवाफ नदिएसम्म संसद चल्न नदिने घोषणा गरेका थिए।
प्रधानमन्त्रीले भोलि चैत १८ गते बस्ने प्रतिनिधि सभामा जवाफ दिन तयार भएको संसद सचिवालयले जनाएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया