बिएल संवाददाता
प्रतिपक्षी दलहरूको विरोधका कारण अवरुद्ध भएको प्रतिनिधि सभा बैठक सहज सञ्चालनका लागि सभामुख देवराज घिमिरे सक्रिय बनेका छन्।
सरकारले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि प्रतिपक्षीले अवरुद्ध गरेपछि सभामुखले आइतबार प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्।
संघीय संसद भवन नयाँबानेश्वरमा कांग्रेस, एमाले, माओवादी (केन्द्र), रास्वपा र राप्रपाका प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरेका हुन्।
कुलमानलाई हटाएको विषयमा दलहरूले प्रधानमन्त्रीको जवाफ मागेका थिए। तर, प्रधानमन्त्री केपी शर्मा ओली बोल्न तयार नभएपछि प्रतिपक्षीहरूले ओलीले जवाफ नदिएसम्म संसद चल्न नदिने घोषणा गरेका थिए।
प्रधानमन्त्रीले भोलि चैत १८ गते बस्ने प्रतिनिधि सभामा जवाफ दिन तयार भएको संसद सचिवालयले जनाएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया