बिएल संवाददाता
पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र बुझाउन गएको काठमाडौं महानगरको टोलीलाई निर्मल निवासका सुरक्षाकर्मीले गेटबाटै फर्काइदिएका छन्।
आइतबार बिहान महानगर प्रहरीको गाडीलाई उनीहरूले गेटबाट छिर्नै नदिएर फर्काइदिएका थिए।
पूर्वराजालाई प्रत्यक्ष रुपमा पत्र बुझाउन नसकेपछि महानगरले हुलाकमार्फत पत्र पठाउन लागेको बालेनको सचिवालयले जनायो। आजै पत्र पठाउने तयारी रहेको र हुलाकमार्फत पठाउने विषयमा महानगर प्रहरी बल आन्तरिक छलफलमा रहेको बुझिएको छ।
शनिबारमात्रै महानगरले ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकहरूमा लगभग ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो।
शुक्रबारको हिंसात्मक प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा भएको सार्वजनिक संरचनाको क्षति र महानगरको सम्पत्तिमा भएको क्षतिलगायतको फरकफरक शीर्षकमा महानगरले जरिवाना पत्र निर्मल निवास पठाएको हो।
महानगरले क्षतिको मुल्यांकनका लागि शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएको थियो। सोही समितिको मुल्यांकनका आधारमा ७ लाख ९३ हजारको बिल जरिवाना पत्र काटेको थियो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया