बिएल संवाददाता
तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू काठमाडौंमै रहेको दाबी गर्दै भिडियो सन्देश जारी गरेका छन्।
उनले फरक-फरक स्थानबाट फरकफरक भिडियो सन्देश जारी गर्दै आफू भाग्ने मान्छे नभएको दाबी गर्दै आफूलाई पक्राउ र पूर्वराजालाई नजरबन्दमा राख्न चुनौती दिएका छन्।
उनले आन्दोलनलाई सरकारले जबरजस्ती हिंसात्मक बनाएको दाबी गरेका छन्। उनले आफूलाई भेटेपछि गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश थाहा पाएपछि मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन्।
उनले आफूलाई मार्नका लागि विनाबर्दीका प्रहरी र युवासंघका कार्यकर्ताहरू निजी घरहरूमा चढेर पहिलेदेखि नै प्लान बनाएर बसेको पनि दाबी गरेका छन्। उनले आफूलाई हत्या गर्नका लागि शार्पसुटरहरू खटाइएको थाहा पाएपछि आफू आन्दोलनबाट प्रहरीको घेरा तोडेर निस्केको दाबी पनि गरेका छन्।
भिडियो-
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया