बिएल संवाददाता
तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि फरार रहेका दुर्गा प्रसाईंले आफू काठमाडौंमै रहेको दाबी गर्दै भिडियो सन्देश जारी गरेका छन्।
उनले फरक-फरक स्थानबाट फरकफरक भिडियो सन्देश जारी गर्दै आफू भाग्ने मान्छे नभएको दाबी गर्दै आफूलाई पक्राउ र पूर्वराजालाई नजरबन्दमा राख्न चुनौती दिएका छन्।
उनले आन्दोलनलाई सरकारले जबरजस्ती हिंसात्मक बनाएको दाबी गरेका छन्। उनले आफूलाई भेटेपछि गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश थाहा पाएपछि मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन्।
उनले आफूलाई मार्नका लागि विनाबर्दीका प्रहरी र युवासंघका कार्यकर्ताहरू निजी घरहरूमा चढेर पहिलेदेखि नै प्लान बनाएर बसेको पनि दाबी गरेका छन्। उनले आफूलाई हत्या गर्नका लागि शार्पसुटरहरू खटाइएको थाहा पाएपछि आफू आन्दोलनबाट प्रहरीको घेरा तोडेर निस्केको दाबी पनि गरेका छन्।
भिडियो-
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया