बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका सबै दोषीहरूलाई कानुनी कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रतिनिधिसभामा सांसदहरूलाई सम्बोधन गर्दै उनले तीनकुनेमा भएको कार्यक्रम कुनै राजनीतिक दलको कार्यक्रम नभएर हिंस्रक र आततायी घटना भएको बताए।
‘त्यहाँ व्यक्तिको घरमात्रै तोडफोड गरिएन। घरमा आगो लगाइदिएर पत्रकार थुनेर मारियो’ उनले भने ‘जो सुकै भए पनि घटनामा संलग्नहरूलाई कारबाही हुन्छ। त्यो कार्यक्रमको योजनाकारहरूको पहिचान गरेर कारबाही हुन्छ।’
उनले पूर्व राजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति नपाउने बताए।
‘आपराधिक क्रियाकलाप गर्ने कसैलाई पनि उन्मुक्ति पाउँदैन’ उनले भने ‘१५ गते तीनकुनेमा भएको कार्यक्रमको आयोजक को हुन् भन्ने आशंका र द्विविधाहरू छन्।’
प्रधानमन्त्रीले सम्बाेधन गर्दा गर्दै राप्रपाका सांसदहरूले हाेहल्ला गर्न थालेपछि उनी रिसाएर बाेलेका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया