बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कडा कारबाही गरिने चेतावनी दिएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले घटनामा संलग्न जुनसुकै कभरमा बसेपनि कडा कारबाही गर्ने चेतावनी दिए।
उनले भने, ‘शुक्रबार तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलन भनिएकोमा आपराधिक घटना सुरु गरियो। आगजनी गरियो। मानिसलाई घरभित्रै थुनेर बाहिरबाट ताल्चा लगाएर जिउँदै जलाएर हत्या गरियो। प्रहरीको बन्दुक खोस्ने, कुटपिट गर्ने ढुंगामुढा, तोडफोट, लुटपात जस्ता अपराधिक घट्ना गरियो। अन्य आतंककारी काम समेत भयो। यी सबै निन्दनीय र खेलजनक क्रियाकलाप हुन्। यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै जोस्, जुनसुकै कभरमा किन नहुन कडा प्रशासनिक कारबाही हुन्छ।’
साथै उनले यसका योजनाकार को हुन र को को संलग्न छन भन्ने विषयमा सरकारले छानबीन र अनुसन्धान गरिरहेको पनि संसदमा जानकारी गराए।
पूर्वराजा ज्ञानेन्द्र शाहले समाज विथोल्न लागिपरेका दुर्गा प्रसाईंलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोकेर हिंसात्मक क्रियाकलापको लागि खटाएको पनि उनको आरोप छ।
साथै ज्ञानेन्द्रले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ।
उनले भने, ‘चैत्र १४ गते समाज विथोल्न लागिपरेका एकजना व्यक्तिलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोक्नुभयो र हिंसात्मक वारका लागि खटाउनुभयो। प्रारम्भिक अध्ययनले स्पष्ट पार्छ। पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङ्घन गरेका छन्।’
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया