बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक पूर्वसहकर्मी माधवकुमार नेपालको पार्टी कार्यालय आलोकनगर पुगेका छन्।
२०७८ भदौ २ गते नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएपछि पहिलोपटक ओलीले उनको पार्टी कार्यालयमा पाइला टेकेका हुन्।
आइतबार निधन भएका नेकपा एकीकृत समाजवादी निकट वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली एसको पार्टी कार्यालय पुगेका हुन्।
श्रद्धाञ्जली दिन पुगेका ओलीले एसका अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरूसँग कुराकानीसमेत गरेका नेकपा एसले जनाएको छ।
एसको पार्टी कार्यालय पुगेका अवसरमा ओलीले गत शुक्रबारको राजावादीहरूको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको पनि अवलोकन गरेका थिए।
ओलीको भ्रमण र कुराकानीले दुई नेताबीचको सम्बन्ध सुधारको अपेक्षा गरिएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया