बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक पूर्वसहकर्मी माधवकुमार नेपालको पार्टी कार्यालय आलोकनगर पुगेका छन्।
२०७८ भदौ २ गते नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएपछि पहिलोपटक ओलीले उनको पार्टी कार्यालयमा पाइला टेकेका हुन्।
आइतबार निधन भएका नेकपा एकीकृत समाजवादी निकट वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली एसको पार्टी कार्यालय पुगेका हुन्।
श्रद्धाञ्जली दिन पुगेका ओलीले एसका अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरूसँग कुराकानीसमेत गरेका नेकपा एसले जनाएको छ।
एसको पार्टी कार्यालय पुगेका अवसरमा ओलीले गत शुक्रबारको राजावादीहरूको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको पनि अवलोकन गरेका थिए।
ओलीको भ्रमण र कुराकानीले दुई नेताबीचको सम्बन्ध सुधारको अपेक्षा गरिएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया