बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ गतेको आन्दोलन हिंसात्मक बनेपछि पक्राउ परेका सम्पूर्ण नेता/कार्यकर्ताहरूको रिहाइको माग राख्दै विरोध प्रदर्शन गरेको छ।
सोमबार राप्रपा र निकटका संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। नेताहरूलाई झूटो मुद्दा लगाएर पक्राउ गरी कारवाही थालिएको भन्दै रिहाइको मागसहित उनीहरूले प्रदर्शन गरेका छन्।
झुठा मुद्दामा पक्राउ परेका राप्रपा नेता लगायत सम्पूर्ण राष्ट्रवादी नेताहरूलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्ने मुख्य माग राखेर उनीहरूले प्रदर्शन गरेका हुन्।
शुक्रबारको प्रदर्शनका क्रममा हिंसात्मक क्रियाकलापमा उक्साएको भन्दै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणालगायत नेता कार्यकर्ता पक्राउ परेका थिए।
उनीहरूविरुद्ध राजद्रोहको कसुरमा समेत अनुसन्धान थालिएको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया