बिएल संवाददाता
नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ।
हेटौंडाको मुख्यबजार लोकतान्त्रिक चोकमा एमालेले जागरण सभाको आयोजना गरेको हो। सभा सुरु हुनु अगाडि हेटौंडा बजारको चारैतिरबाट र्याली निकालिएको थियो।
सोमबार हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्री गरी चार स्थानबाट र्याली निस्किएर मेनरोडको लोकतान्त्रिक चोकमा कोणसभा गरिएको थियो।
सभालाई संबोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरूलाई कानून बमोजिम कारवाही गर्नुपर्ने बताए।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले राजावादीहरूको अराजकताले सीमा नाघेको बताए। लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वर्द्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको अध्यक्ष श्रीधर पोख्रेलले बताए। जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरू हेटौंडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको हो।
यसैगरी गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा जनमानसलाई सचेत पार्नका लागि नेकपा एमालेले हेटौंडामा आयोजना गरेको जागरण सभाअन्तर्गत मनहरीबाट हेटौंडासम्म मोटरसाइकल र्याली गरिएको छ।
नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापनमा मोटरसाइकल र्याली गरिएको हो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया