बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले रेडियो नेपाल कुनै पार्टी, व्यक्ति वा सरकारको नभइ ३ करोड नेपालीको भएको बताएका छन्।
बुधबार रेडियो नेपालको ७५औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले रेडियो नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको माया पाउने भएकाले यो सबै नेपालीको साझा भएको बताएका हुन्।
उनले भने, ‘यो रेडियो नेपाल ३ करोड नेपालीको हो। यो कुनै व्यक्ति, पार्टीको, सरकारको होइन। सत्य तथ्य जानकारी जनताका बीचमा सम्प्रेषण गर्ने कुरामा रेडियो नेपालको ठूलो भूमिका छ। रेडियो नेपाल जति समृद्ध र प्रभावकारी हुन्छ त्यति नै सिंगो नेपाली र राष्ट्रको माया पाउने छ। नेपालको समृद्धिको लागि, नेपालको बेथिती अन्त्य गर्नको लागि र जनताको सूचनाको हकलाई प्रत्याभूत गर्ने कुरा र जनताको अभिव्यक्ति स्वतन्त्रता र जनताको गोपनियतालाई कायम राखेर चाँही यसले आफ्नो अभियानहरू सुरु गर्नुपर्छ। संसारभरी रहेका नेपालीहरूको लागि पनि यो रेडियो नेपाल हो।’
उनले रेडियो नेपालले आफ्नो स्वायत्त भएर आफ्नो नीति कार्यक्रमहरू अगाडि सारेर अगाडि बढ्नुपर्ने बताए। उनले विगतको ईतिहास हेर्ने हो भने सत्ताको पञ्जाभित्र परेर अधिनायकवादी आउँदाखेरी अधिनायकवादीकै गान गाउँने, लोकतन्त्र आउँदाखेरी लोकतन्त्रकै गुणगान गाउँने खालको भूमिका रेडियो नेपाल भएपनि अहिले त्यो सम्पूर्ण रुपमा परिवर्तन भएको बताए।
उनले भने, ‘देश र जनताप्रति उत्तरदायी बनेर काम गर्ने लक्ष्य रेडियो नेपालको छ। देश र जनताको समृद्धि सुखको लागि अधिनायकवादी हुनु हुँदैन। लोकतन्त्र फस्टिनुपर्छ। गणतन्त्रले आफ्नो प्रभावकारीता सन्देश दिन सक्नुपर्छ। अब लोकतन्त्र गणतन्त्रको सारथी भएर देश र जनताको हितको लागि रेडियो नेपालले आफ्नो कार्यक्रमहरू अगाडि सार्ने छ भन्नेमा हामी विश्वस्त छौं। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले कुनै सरकारको, कुनै नेताको, कुनै मन्त्रीको मात्रै दाबेदारी कदापी गर्नुहुन्न। रेडियो नेपालले आफ्नो स्वायित्त भएर आफ्नो नीति कार्यक्रमहरू अगाडि सारेर अगाडि लाग्नुपर्ने छ।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया