बिएल संवाददाता
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी छन्।
बिहीबार वडाध्यक्षहरू र कर्मचारीसहित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई महानगरमा हाजिर गर्न पुगेकी उपमेयर डंगोलले बालेनलाई कोठामा बसेर निर्देशन दिनुभन्दा बाहिर निस्केर समस्या समाधानमा लाग्न आग्रह गरेकी हुन्।
‘यो तमासा हामीले हेर्नुपर्ने? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,’ उनले भनिन्, ‘पहिला आजको विषय समाधान गर्छौं। त्यसपछि बोर्ड बैठक बस्छौँ। आजका लागि यो समस्या समाधान गर्नुपर्छ।’
उपमेयर डंगोलले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको बताउँदै मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन आउँदा झडपको लडाईंको स्थिति आउनु राम्रो नभएको बताइन्।
‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झटपको अवस्था हुनु राम्रो कुरा होइन। कर्मचारी-कर्मचारीबीच लडाईं हुनु पनि राम्रो होइन।’
उनले प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न आफू तयार रहेको उनले स्पष्ट पारिन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया