बिएल संवाददाता
वन तथा वातावराणमन्त्री ऐनबहादुर शाहीले चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरेका छन्।
बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरूसँगको कुराकानीमा उनले आगलागीपछि निरन्तर रुपमा त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए। उनले प्रारम्भिक क्षति मुल्याङ्कनमा करिब २८ करोडको हाराहारीमा क्षतिको विवरण आएको जानकारी दिए।
उनले भने, ‘घटनापछि निरन्तर रुपमा कम्पनीको व्यवस्थापन र कर्मचारीहरूको परिस्थिति अत्यन्तै जटिल छ। हामीले त्यो बुझिरहेका छौं। अब यसलाई छिटोभन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मुल्याङ्कन गर्न सम्बन्धित प्राविधिकहरू, विज्ञहरू राखेर प्रारम्भिक मूल्याङ्कन गरेको छ। करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ।’
त्यस्तै उनले केन्द्रलाई तत्काल सञ्चालन गर्नको लागि १० करोड रकम आवश्यकता देखिएको भन्दै सञ्चालनको लागि मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको पनि बताए।
‘तत्काल सञ्चालन गर्नको लागि १० करोड जतिको रकम भयो भने अस्थायी रुपमा सञ्चालन गर्न सक्छौं भन्ने कुरा आएको छ। त्यो सबै मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको छ। प्रक्रियागत रुपमा अगाडि बढ्दै छौं।’
उनले केही दिनभित्र चाँडै सबै प्रक्रिया पूरा गरेर केन्द्र सञ्चालन गर्ने पनि जानकारी गराए।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया