शनिबार, ०६ सेप्टेम्बर २०२५

कुलमान र हितेन्द्रको मुद्दामा आजै आदेश आउने

News Image
• • •

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्य र पदबाट हटाइएका कुलमान घिसिङको रिटमाथिको सुनुवाइ सकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा शाक्य र घिसिङको मुद्दाको सुनवाइ सकिएको हो।

गत मंगरबारदेखिको निरन्तर सुनुवाइपछि बिहीबार सुनुवाइ सकिएको हो। दुवै रिटमाथि आजै आदेश आउने बताइएको छ।

घिसिङले आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएकाले पुनर्स्थापनाको लागि माग गरेका छन्। त्यस्तै नवनियुक्त कार्यकारी निर्देशक शाक्यले भने आफ्नो पूरानो मुद्दा टुंग्याइ आफूले पाउनुपर्ने सेवासुविधा पनि पाउनुपर्ने माग गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!