बिएल संवाददाता
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखरका बेला म्यानमारका सैनिक शासक मिन ओङ ह्लाइङले विभिन्न राष्ट्रका सरकार प्रमुखहरू भेटेका छन्।
‘क्रुर सैनिक शासक’का रुपमा चिनिएका उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत बिमस्टेकका सदस्य राष्ट्रका सरकार प्रमुखहरूलाई भेटेका हुन्। तर उनको ब्यापक आलोचना भइरहेको छ।
देशका आम नागरिकमाथि निकै क्रुर दमन गर्दै आएका उनलाई म्यानमारका जनताले पनि रुचाउँदैनन्। र, थाइल्याण्डले पनि सैन्य ‘कु’लाई स्विकार गरिरहेको छैन।
बिमस्टेक बैठक चलिरहेको बैंककको सांग्रिला होटलमा एकजना युवाले उनीविरुद्ध नारा लगाउँदै एकल प्रदर्शन गरेका थिए। उच्च शिक्षा हासिल गरिहेका ती युवकलाई प्रहरीले तत्कालै गिरफ्तार गरेको थियो।
ती थाई युवाले ‘निर्दोष व्यक्तिको रगतले रंगिएका हातहरू नमिलाउन’ थाई सरकारका प्रमुखहरूलाई पनि चेतावनी दिएका थिए।
‘तानाशाह र हत्यारा मिन ओङ ह्लाइङलाई थाइल्याण्डले स्वागत गर्दैन’ भन्दै प्लेकार्डसहित नारा लगाइरहेका उनलाई बैठक कक्षबाहिरबाट सुरक्षागार्डले निकालेका थिए।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया