बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन्।
शुक्रबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगन्जका प्रहरीको टोलीले रविलाई उनको हात्तीगौंडास्थित निवासबाटै पक्राउ गरेको स्रोतले बताएको छ।
शुक्रबार उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै रवि पक्राउ परेका हुन्।
उनलाई पक्राउ गरिए पनि आजै रूपन्देही भने नलगिने स्रोतले बतायो। उनलाई आज राति जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिनेछ र शनिबार मात्रै रूपन्देही लगिने उनले बताए।
'रवि लामिछानेलाई नियन्त्रणमा लिइएको छ। आज उहाँलाई काठमाडौं परिसरको हिरासतमै राखिन्छ। भोलि मात्रै रूपन्देही लजाने तयारी छ,' स्रोतले भन्यो।
प्रहरी घरमा पुगेसँगै रविले फेसबुकमा सम्मानित अदालतको आदेशको सम्मान गर्दै आफै गिरफ्तारी दिन लागेको बताएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया