बिएल संवाददाता
अमेरिकाले भिडिओ शेअरयिङ एप टिकटकको स्वामित्व बेच्नका लागि थप ७५ दिनको समय दिएको छ। यद्यपि यसअघि नै एउटा कानुन जारी गरेर ट्रम्पले टिकटकलाई अमेरिकामा प्रविबन्ध गर्नसक्ने व्यवस्था गरिसकेका छन्।
पहिलो कार्यकालका बेला सन् २०२० मा पनि उनले टिकटकमाथि प्रतिबन्ध लगाइदिएका थिए।
उनले यो कम्पनीको स्वामित्व गैर चिनियाँ नागरिकलाई बेच्नका लागि चीनलाई पटक पटक चेतावनी दिइसकेका छन्। यो कम्पनीको स्वामित्व गैर चिनियाँलाई बेचेमा उनले चीनमाथि लगाउँदै आएको कर घटनाइदिने प्रस्ताव पनि गरेका छन्।
तर चीनले भने अमेरिकाले धम्क्याउँदैमा टिकटकको स्वामित्व नबेचिने संकेत गरिसकेको छ।
करोडौं अमेरिकीहरूको टाडाहरू बटुलेर टिकटकले जासुसी गरिरहेको आरोप लगाउँदै ट्रम्पले अघिल्लो कार्यकालमै त्यसको प्रतिबन्धका लागि कार्यकारी आदेश जारी गरिसकेका थिए।
यसपालिचाहिँ चुनावी अभियानमा आफूलाई पनि सहयोग गरेको भन्दै टिकटकप्रति उनी लचिलो भएका थिए। यद्यपि उनले त्यसको स्वामित्व भने गैर चिनियाँ हुनुपर्ने शर्त राखेका छन्।
‘म यो एप जिउँदो रहोस् भन्ने चाहन्छु’ उनले भनेका छन् ‘त्यसैले गैर चिनियाँ नागरिकलाई यसको स्वामित्व बेच्न ७५ दिनको समय दिइएको छ।’
उनले त्यसको स्वामित्व किन्नका लागि अमेरिकी व्यवसायीहरू र स्वंय अमेरिकी सरकार पनि तयार भएको अभिव्यक्ति दिएका थिए।
करिब १७ करोड अमेरिकी नागरिक यसका मासिक प्रयोगकर्ताहरू छन्। एक रिपोर्टका अनुसार टिकटिकको व्यावसायिक मूल्याङ्कन लगभग ५० अर्ब अमेरिकी डलर हुन आउँछ।
यसको मूल कम्पनी चीनको बाइटडान्स हो। यसअघि जो बाइडनले पनि टिकटकमाथि प्रतिबन्ध लगाएका थिए। टिकटक प्रयोकर्ताहरुको डाटाबाट चीनले अमेरिकाको जासुसी गर्दै राष्ट्रिय सुरक्षामा चुनौती दिएको आरोप अमेरिकाको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया