बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने पक्राउ परेपछि प्रतिक्रिया दिएका छन्।
उनले शनिबार सामाजिक सञ्जालमार्फत रवि गृहमन्त्री हुँदा पक्राउ पूर्जी काट्ने ‘रीति, थिति’ कस्तो थियो भन्ने सबैलाई जानकार रहेको र विशेषगरी रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै नरहेको दाबी गरेका छन्।
उनले जे भएपनि यस्तै बेला सुधारको खोजी हुनु स्वाभाविक रहेको पनि प्रतिक्रिया दिएका छन्।
उनले भनेका छन्, ‘प्रहरीको पूर्जी काट्ने ‘रीति र थिति’ रविजी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने रास्वपाका नेताहरूलाई थाहा नहुने कुरै भएन। तर पनि ‘सुधार’को खोजी यस्तै बेलामा हुने त हो नि!’
उच्च अदालतले रविलाई थुनामा पठाउने आदेश गरेसँगै उनी शनिबार राति नै पक्राउ परेका थिए। पक्राउ पूर्जीबिनै पक्राउ गर्न खोजिएपछि प्रहरीको आलोचना भइरहेको छ। प्रहरीले रविकै घरमा पूर्जी लेखेर पक्राउ गरेको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया