बिएल संवाददाता
सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ।
आइतबार बिहान उनलाई यति एयरको विमानमार्फत भैरहवा ल्याइएको हो। जिल्ला अदालत रुपन्देहीको १ करोड धरौटीमा छोड्ने फैसला उच्च अदालत तुलसीपुर बुटवल इजलासले खारेज गरेपछि लामिछाने शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए।
गोर्खा मिडिया नेटवर्कका तत्कालिन पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको अभियोग छ।
पक्राउ परेका अभियुक्तलाई थुनामा पठाउनुअघि अदालतमा उपस्थित गराउनुपर्ने व्यवस्था छ। सोही अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र अदालत उपस्थित गराएर कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
एयरपोर्टबाट सिधै जिल्ला प्रहरी कार्यालय लगिएका लामिछानेलाई आज र भोलि त्यहीँ राखिने भएको छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया