बिएल संवाददाता
सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ।
आइतबार बिहान उनलाई यति एयरको विमानमार्फत भैरहवा ल्याइएको हो। जिल्ला अदालत रुपन्देहीको १ करोड धरौटीमा छोड्ने फैसला उच्च अदालत तुलसीपुर बुटवल इजलासले खारेज गरेपछि लामिछाने शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए।
गोर्खा मिडिया नेटवर्कका तत्कालिन पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको अभियोग छ।
पक्राउ परेका अभियुक्तलाई थुनामा पठाउनुअघि अदालतमा उपस्थित गराउनुपर्ने व्यवस्था छ। सोही अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र अदालत उपस्थित गराएर कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
एयरपोर्टबाट सिधै जिल्ला प्रहरी कार्यालय लगिएका लामिछानेलाई आज र भोलि त्यहीँ राखिने भएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया