बिएल संवाददाता
आफ्ना सभापतिलाई उच्च अदालतले थुनामा पठाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उच्चको आदेशविरुद्ध सर्वोच्च जाने तयारी गरेको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो।
अदालतको आदेशसँगै प्रहरीले शुक्रबार राति नै लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी रुपन्देही लगिसकेको छ।
लामिछानेलाई सोमबार अदालतमा हाजिर गराउने प्रहरीले तयारी गरेको छ। अदालतमा उपस्थित गराएपछि लामिछाने कारागार चलान हुनेछन्। त्यसपछि रास्वपाले सर्वोच्चको ढोका ढक्ढक्याउने तयारी गरेको उपसभापति डा.स्वर्णिम वाग्लेले बताए।
शनिबार पार्टीले चितवनमा आयोजना गरेको जनयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछानेकै सल्लाहबमोजिम सर्वोच्च जाने तयारी भइरहेको बताए।
उनले भने, ‘रविजीकै सल्लाहबमोजिम अघि बढ्छौँ। अहिलेको यो गैरकानुनी प्रतिशोधपूर्ण देखिने जुन अभ्यास भएको छ। पर्सि सोमबार त्यसलाई सर्वोच्च अदालतमा लैजान्छौं।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया