बिएल संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुर्खाहरूले निर्माण गरेका सम्पदाहरूको महत्वलाई बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
आइतबार ललितपुरमा देगुतलेजु मन्दिरको पुनर्निर्माण तथा जिर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उनले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले सम्पदाहरूको महत्वलाई बढाउनुपर्ने बताएका हुन्।
उनले भने, ‘संस्कृति र सम्पदामा हामी आज गौरव गर्ने अवस्थामा छौं। हाम्रा पूर्खाहरूले निर्माण गरेका सम्पदाहरूको महत्वलाई हामीले कसरी बढाउन सकिन्छ त्यो गर्नुपर्ने आवश्यक छ।’
साथै उनले हाम्रो प्रकृतिपनि विविधतापूर्ण रहेकाले यसलाई पनि विश्वव्यापी प्रचार गर्नुपर्ने बताए। उनले अभौतिक र भौतिक सम्पदा दुईवटालाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर लिएर जानुपर्ने अवस्था आएको बताए।
उनले भने, ‘हाम्रो जुन विविधतापूर्ण संस्कृति छ यसलाई जोगाउनका लागि निरन्तर निर्वाह गर्नुपर्ने भूमिका आफ्नो आफ्नो ठाउँमा निर्वाह गर्नुपर्छ। प्रकृति पनि हाम्रो विविधतापूर्ण छ। यसलाई पनि हामीले विश्वव्यापी प्रचार गर्नुपर्ने छ। प्रचार भयो भने संसारभरीका मानिसहरू नेपालमा आउने र हाम्रो प्रकृतिबाट लाभावन्वित हुनेछन्। हामीसँग धेरै भाषा, भेषभूषा छन्। धेरै संस्कृति चाडपर्व छन्। विभिन्न खानपानका परिकारहरू छन्। यी र यस्ता अभौतिक र भौतिक सम्पदा दुईवटैलाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर जानुपर्ने अवस्था छ।’
मन्दिर पुनर्निर्माणको लागि ८० प्रतिशत आर्थिक सहयोग जापानी राजदुतावासको रहेको छ।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया