बिएल संवाददाता
विश्व हिन्दु महासंघका सदस्य एवं कलाकार मदनदास श्रेष्ठले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा रामनवमी पर्व र हिन्दु महासंघको ४५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उनले विश्वभरका छरिएर बसेका सनातन हिन्दु समाजलाई एकताबद्ध गर्ने अभियानमा महासंघ जुटेको भन्दै सबैलाई यसमा जोडिन आग्रह गरेका हुन्।
उनले भने, ‘विश्व हिन्दु महासंघ नेपाल अधिराज्यभर र विश्वभरका छरिएर बसेका ओमकार परिवार र सनातन हिन्दु समाजलाई एकताबद्ध गर्न, हिन्दु धर्मको संरक्षण, संवर्द्धन गर्न साथै विकासका लागि महासंघले काम गरिरहेको छ। सबैजना एक साथ एक मन-तन भएर पुनः नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा जुट्नुपर्छ।’
साथै, उनले आदर्श पुरुष राम पृथ्वीमा आएपछि र असत्यमाथि सत्यको जित भएको आजको दिनमा विश्व हिन्दु महासंघको स्थापना भएकाले कार्यक्रम गरिएको बताए।
सोही क्रममा राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्र स्थापना अभियानमा सक्रिय रमा सिंहले नेपालमा हाल राजनीतिक व्यवस्था एवम सामाजिक व्यवस्था बिग्रिदै गएकाले त्यसलाई सुधार गर्न हिन्दु राज्य स्थापना हुनुपर्ने बताइन्।
उनले भनिन्, ‘अहिले नेपालमा जुन राजनीतिक व्यवस्था छ, जुन प्रकारले सामाजिक व्यवस्था बिग्रिदै गएको छ। यसलाई सुधार गर्नुपर्छ। सनातनी धर्मको मर्यादामा नेपाललाई स्थापित गर्नुपर्छ भन्ने अभियान चलाइएको छ। यस्तो अभियान नै हाम्रो रामराज्यको परिकल्पना हो।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया