बिएल संवाददाता
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले गहन अध्ययन र विश्लेषण नहुँदा समाज अराजक बन्दै गएको बताएका छन्।
रामेछापमा आइतबार आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालको योगदान विषयक वृहत विचार गोष्ठीमा बोल्दै डा. केसीले अहिलेको समाज सामाजिक सञ्जालको पछाडि दौडिएको बताए। त्यसकै प्रभाव स्वरूप विदेश जाने एक खालको भूत युवा जमातमा चढेको उनको विश्लेषण छ।
केसीले नेपालमा राम्रो रोजगारी भएका मानिसमा समेत विदेश जाने अचम्मको लालसा बढेको बताए। युवा पुस्तामा चाहना र आवश्यकता अति महत्त्वाकाङ्क्षी भएको कारण विदेशको मोह बढेको उनको ठम्याइ छ।
केसीले नेपाली समाजमा विद्वानको र विद्वताको कदर हुन छाडेको गुनासो गरे।
‘विद्वान र विद्वताको कदर नै छैन, एउटा पीएचडी गरेको डाक्टरलाई एउटा फुच्चेले के छ खबर भने जिस्क्याउँछ, खिसी गर्छ, अनि कहाँबाट देश बन्छ’, उनले भने।
केसीले अब पुष्पलाल र उनको विचारलाई समेत नयाँ कोणबाट परिभाषित गर्नुपर्ने बताए। पुष्पलालका कतिपय दस्तावेजलाई तोडमोड गरिएको बताउँदै उनले त्यसको बारेमा वृहत खोज, अध्ययन र सार्वजनिकीकरण गर्नुपर्नेमा जोड दिए।
विज्ञान र प्रविधिले धेरै कुरा ल्याएको बताउँदै उनले त्यसको प्रभाव समाजमा परेको बताए। नयाँ प्रविधिको विकास भएसँगै समाज र त्यसलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन भएकोले अब परिवर्तित सन्दर्भ अनुसार समाज विश्लेषण गर्नुपर्ने उनको धारणा छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया