बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार अदालत उपस्थित गराइँदैछ।
शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई सोमबार रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउने छ।
लामिछानेलाई कार्यालय समय सुरू भएपछि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिए।
उनका अनुसार लामिछानेलाई अदालत उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाइन्छ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो।
जिल्ला अदालतले त्यसअघि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गरेको थियो। उक्त आदेशलाई बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए।
उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि शुक्रबार लामिछानेलाई काठमाडौंको हात्तीगौंडास्थित निवासबाट पक्राउ गरी रूपन्देही पठाइएको थियो।
शनिबार र आइतबार उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। दुई दिन बिदा परेकाले बाँकी प्रक्रिया सोमबारदेखि मात्रै सुरू हुने भएको हो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया