बिएल संवाददाता
नेपाल शिक्षक महासंघको आह्वानअनुसार आजदेखि देशभरका सामुदायिक विद्यालयहरू पूर्णरुपमा बन्द हुने भएका छन्।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले एक महिनादेखि नै काठमाडौंमा आन्दोलन गर्दै आएका छन्। आन्दोलनका लागि केही शिक्षकहरू एसईई तथा वार्षिक परीक्षाहरूसमेत छोडेर काठमाडौं आएका थिए। बाँकी शिक्षकहरू भने सबै परीक्षाहरू सकेर २० गतेदेखि काठमाडौं आइरहेका छन्।
एसईईलगायत सबै कक्षाका वार्षिक परीक्षाहरू सकिएका छन् र अब उत्तर पुस्तिका परीक्षण तथा नतिजा प्रकाशनको काम हुन्छ। त्योसँगसँगै वैशाखदेखि नयाँ शैक्षिक शत्रका कामहरू सुरु हुन्छन्। विद्यार्थी भर्नादेखि शैक्षिक शत्रका अभियानहरू पनि यही बेलादेखि सुरु हुन्छ।
तर शिक्षक महासंघले भने विद्यालयका सबै शैक्षिक कामहरू रोकेर अर्थात् विद्यालय नै बन्द गरेर काठमाडौं आउन शिक्षकहरूलाई आह्वान गरेको छ।
यसबाट देशभरिका करिब ३४ हजार सामुदायिक विद्यालयमा शैक्षिक गतिविधि ठप्प हुनेछन्। त्यसका कारण लगभग ७० लाख विद्यार्थीको शैक्षिक तयारी पनि बिथोलिनेछ। यसपटक करिब ५ लाख विद्यार्थीले एसईई दिएका छन्। र तिनको उत्तरपुस्तिका परीक्षणको समय भएको छ। तर शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म पुस्तिका जाँच नगर्ने भनेका छन्। त्यस्तै अरु कक्षाको नतिजा तयारी पनि यसबाट प्रभावित हुनेछ।
सरकारले शिक्षकहरूलाई वार्तामा बोलाइरहेको छ। तर ऐन जारी नहुँदासम्म आन्दोलन नरोकिने र त्यसबाहेक वार्ताको पनि औचित्य नभएको भन्दै शिक्षकहरू वार्तामा गएका छैनन्। शुक्रबार पनि उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा शिक्षामन्त्री विद्या भट्टराईले सिंहदरबारमा वार्ताका लागि करिब डेढ घण्टा कुरेका थिए। तर शिक्षकहरू वार्तमा आएनन्।
सरकारले ऐन जारी गर्ने प्रक्रिया अघि बढाइरहेको बताएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया