बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन्।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार चलान गरेको हो।
यतिबेला लामिछानेको जिल्ला कारागारमा स्वास्थ्य परिक्षण गरिँदै छ। जिल्ला अदालतले थुनुवा पूर्जी दिएपछि लामिछानेलाई कारागार चलान गरिएको हो।
शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो।
शुक्रबार राति नै लामिछाने काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए। शनिबार बिहान उनलाई रुपन्देही लगिएको थियो। शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले लामिछानेलाई आज अदालतमा पेस गरिएको हो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया