बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने कारागार चलान भएपछि उनलाई बिर्सेर पार्टी बनाउन लाग्नुपर्ने अभिव्यक्ति दिएका छन्।
सोमबार सभापति लामिछाने कारागार चलान भएपछि मुकुलले अब उनी बर्षौं मामाघरमा थन्किने टिप्पणी गर्दै अब उनलाई बिर्सनुपर्ने बताएका हुन्। उनले अब यही मौकामा पार्टीलाई अब लामिछानेको क्लबबाट स्वतन्त्र बनाउनुपर्ने बताए।
मुकुलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काङ्ग्रेस एमालेका लाखौँ झोलेसँग त नडराइ पार्टी खोल्ने निर्णय गरेका थियौं। चुनावी रणनीतिअन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौं। क्लब हुँदै पार्टी बनाउनपर्ने थियो तर क्लबलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकी उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लबमा नै रमाउनु थियो। अब रवि दाइ वर्षौंका लागी मामाघर जानुभएको छ। अब क्लबबाट पार्टी बनाउनुपर्छ। रवि दाइलाई बिर्सनुपर्छ।’
उनले दुई/चार हजार झोलेहरूसँग डराउनु नपर्ने बताउँदै अब झोले र अरिंगालमुक्त रास्वपा बनाउनुपर्ने उनको अपिल छ।
उनले थपेका छन्, ‘रविको क्लबबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं। हिजो जसरी काङ्ग्रेस एमालेका लाखौं झोलेसँग डराएनौं, त्यसरी यी दुई-चार हजार अरिङ्गालसँग पनि डराउनु पर्दैन। झोले र अरिङ्गालमुक्त राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया