बिएल संवाददाता
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले पार्टी कमिटीलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले सिन्धुलीको पाँचौं सचिवालय बैठकमा बोल्दै भट्टराईले राजनीतिक दलले जनताको विचार बोक्न सक्नुपर्ने बताए। जनताको विचार बोकेर समय अनुसार परिमार्जित हुँदै अघि बढ्ने पार्टी सधैं नयाँ हुने उनको धारणा छ।
‘जनताको विचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुने हो’, भट्टराईले भने।
नेकपा एमाले स्पष्ट विचार र दृष्टिकोण बोकेको पार्टी भएकोले यो पार्टी सधैं नयाँ हुने उनको भनाइ छ। जनताको बहुदलीय जनवाद बोकेर अघि बढेको पार्टी भएकोले एमाले सधैं नयाँ जोस, विचार र सोचका साथ अघि बढेको भट्टराईको धारणा छ।
एमालेले समाजलाई हानी हुने काम कहिल्यै पनि नगर्ने बताउँदै उनले एमाले गलत गर्नेलाई बचाउने पार्टी पनि नभएको स्पष्ट पारे। एमालेले जरा केन्द्रीत अभियानका क्रममा जनताको समस्या र गुनासो सुन्ने र त्यसको सम्बोधन हुने गरी नीति बनाउने उनको धारणा छ। उनले एमालेका नेता कार्यकर्तालाई जनताबाट टाढा नबस्न निर्देशन दिए।
बैठकले पार्टी सदस्यता नवीकरण र विस्तारको काममा लाग्ने, बैशाख ६ र ७ गते जिल्ला कमिटीको बैठक गोलञ्जोर गाउँपालिकाको खनियाँखर्कमा आयोजना गर्ने, चैत ३० गते नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया