बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।
उनले देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितको रक्षा संवर्द्धन, भूगोल एवम् स्वतन्त्रताको रक्षा गरेर अगाडि बढ्नुपर्ने बताए।
सोमबार हिमालयन संवाद कार्यक्रममा बोल्दै ओलीले राष्ट्रिय हितमा अडिक रहेर स्वाभिमानको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरूको रक्षा र संवर्द्धन, भूगोल एवम स्वाधिनता, स्वतन्त्रता साथै स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय हितहरूको रक्षा गरेर अगाडि बढ्छौं।’
साथै उनले नेपाल प्राकृतिक रुपमा धनी भएकाले अन्तर्राष्ट्रिय सम्बन्धलाई धेरै महत्व दिनुपर्ने पनि बताए। उनले प्रकृतिका हिसाबले अगाडि भएपनि विकास निर्माणका पक्षहरूमा नेपाल पछाडि नै रहेको बताए।
उनले भने, ‘प्रकृतीको प्रदूषणलाई स्वच्छ बनाउने, सफा पार्ने आफ्नै खालको मेकानिजम छ। प्रदूषण भयो भने सफा गर्दै लगिन्छ। जबसम्म पृथ्वी रहन्छ तबसम्म दुनियाँमा आरामको जिन्दगी बाँच्न पाउने भन्ने कुरा सोच्न जरुरी छ। प्रकृतिमा धनी छौं, त्यसकारण अन्तर्राष्ट्रिय सम्बन्ध धेरै महत्वपूर्ण छ। हामी विकासमा अलि पछाडि छौं। आज आएर पछाडि परेको होइन्, इतिहासदेखि नै पछाडि पारियो।’
यसैगरी ओलीले देशमा सामन्ती शासनले गर्दा शिक्षालाई बन्देज गरिएकाले देश विकासमा पछि परेको बताए। उनले ३०/३२ वर्ष नेपाललाई अलि नयाँ युगतिर अगाडि बढाउँदै लगिरहेको समेत बताए।
उनले भने, ‘हाम्रो आफ्नै देशमा सामन्ती शासन भयो। जसले शिक्षालाई बन्देजको विषय बनाइदियो। महिलाहरूलाई चुलोचौकोमा मात्र बस्नुपर्ने, बर्को ओडेर जीवन कटाउनुपर्ने, हाँस्न, कसैसँग बोल्न नपाइने जस्ता सामन्ती प्रणाली भएकाले सम्पूर्ण स्रोतहरूलाई कब्जा गरियो। जनताका बारेमा कुनै शासकले सोचेनन्। जसका कारण नेपाल गरिब भयो।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया