बिएल संवाददाता
सोमबार कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कारागारबाटै सन्देश पठाएका छन्।
रुपन्देही जिल्ला कारागार पुगेपछि आफू निकट नेताहरूमार्फत लामिछानेले ४ वटा सन्देश पठाएका हुन्।
लामिछानलेले अदालतको आदेशको सम्मान गर्ने बताउँदै भनेका छन्, ‘अदालतकाे आदेशकाे सम्मान छ। कानूनले दिएकाे अधिकार प्रयोग गर्छु। तल्लाे अदालतकाे आदेशविरुद्ध माथिल्लाे आदालत जाने प्रक्रिया अवलम्बन गर्छु।’
उनले अदालतबाट अन्याय नहुनेमा आफू विश्वस्त रहेको बताउँदै भनेका छन्, ‘न्यायकाे मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु। तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्।’
त्यस्तै उनले पार्टीका नेतहरूलाई पार्टीलाई एकढिक्का राख्न आग्रहसमेत गरेका छन्। उनले भनेका छन्, ‘पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिनुहाेला। सक्नु हुन्छ बढाउनुस्, नसके नघटाउनुस् पनि। अभियानलाई जनताकाे बीचमा पुर्याउनुस्।’
त्यस्तै उनले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै आफू यो परिक्षाको पहिलो विद्यार्थी भएपनि पालो सबैको आउने चेतावनी दिएका छन्।
लामिछानेले आफूनिकट नेतामार्फत भनेका छन्, ‘अहिले ममाथि राजनीतिक प्रतिशाेध भयाे। पालाे सबैकाे आउँछ। याे परीक्षाकाे पहिलाे विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।’
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया