बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले जायज माग सम्बोधनका लागि शिक्षकहरूले आन्दोलन गर्नै नपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकहरूका जायज माग सम्बोधनका हुने बताएका हुन्।
प्रधानमन्त्री ओलीले भने, ‘अहिले शिक्षक आन्दोलन चलेको छ। किन चलाउनुभएको हो शिक्षक साथीहरूले? मलाई थाहा छैन। म प्रधानमन्त्री छु, भनिराखेको छु, जायज मागहरू लिएर कोही आउँदाखेरी आन्दोलन गरिरहनुपर्दैन, हामी त्यसको समाधान दिन्छौं। हामी त्यसलाई सम्बोधन गर्न तयार छौं।’
ओलीले शिक्षकहरूले आफ्ना जायज माग सम्बोधन गराउन सडकमा गएर सुत्न नपर्ने बताउँदै कुराकानी गरेर समाधान गर्न आफू तयार रहेको प्रतिक्रिया दिए।
ओलीले भने, ‘उहाँहरूले दुःख पाउनै पर्दैैन नि, सडकमा गएर सुत्नै पर्दैन। आउनुस्, कुराकानी गरेर त्यसलाई समाधान गरौं भनिराखेकै छु। उहाँहरूले किन दुःख पाउनु भएको हो? कुराकानीमा आउनुहोला, कुराकानीमा आउनेवित्तिकै हामी उहाँहरूको मागलाई यथोचित ढंगले सम्बोधन गर्छौं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया