बिएल संवाददाता
तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईं पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राकेशलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
तीनकुनेबाट भागेका दुर्गा पेरिसडाँडास्थित राकेशको घरमा लुकेको तथ्य भेटिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी स्रोतले बतायो।
प्रसाईंलाई भगाउन उनको संलग्नता हेरेर म्याद थप गर्ने वा सोधपुछ मात्र गरेर छाड्ने टुंगो लाग्ने प्रहरीले जनायो।
तीनकुने घटनामा २ जनाको ज्यान जानुका साथै कयौं निजी र सरकारी भवनहरूमा क्षति पुगेको थियो।
काठमाडौंबाट भागेका प्रसाईं भारत पुगिसकेको आशंका गरिएको छ। प्रहरीले भने नेपालमै रहेको दाबी गर्दै छिट्टै पक्राउ गर्ने बताउँदै आएको छ।
सोही घटनामा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शमशेर राणालगायत ७० जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया