बिएल संवाददाता
आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
उनले आफ्नो समाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको कुनै जिम्मेवारी नरहने सार्वजनिक रूपमा घोषणा गरी राजीनामा दिएका हुन्।
उनले फेसबुकमा लेखेका छन्,‘आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष मा. प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। उहाँको पार्टी प्रगति गरोस् हार्दिक शुभकामना छ। आजको मितिदेखि म पार्टीको कुनैपनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु।’
आम जनता पार्टीमा रहँदा आफ्ना स्वार्थ त्याग गरी प्रभु साहको लागि दिनरात इमानदारीपूर्वक लागेको र उनको समकक्षीको रूपमा सधैं साथ सहयोग गर्दै आएको उल्लेख गरे।
उनको राजीनामासँगै जिल्लाको राजनीतिमा निकै चर्चा परिचर्चा हुन थालेको छ।
तर साहले नयाँ पार्टी रोज्न लागेको वा राजनीतिबाट टाढिन लागेको भन्ने खुलाएका छैनन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया