बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजावादी आन्दोलनका क्रममा जडीबुटी कम्पनीमा आगो लगाउनेहरू माओवादी कार्यकर्ता रहेको पुष्टि भएको दाबी गरेका छन्।
मंगलबार पार्टीले बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै उनले माओवादीका भिजिलान्तेहरू प्रयोग गरेर राजावादीको आन्दोलन बदनाम गर्ने प्रयास भएको दाबी गरेका हुन्।
उनले भने, ‘हाम्रा साथीहरूलाई लगेर थुनेका छन् १७ हजार मारेर ५ हजारको जिम्मा लिन्छु भन्नेले मञ्चमा बसेर भाषण गर्छन्। राजावादीले हिंसा गरे रे? अहिले प्रमाणित भयो सरकारी सम्पत्तिमा तोडफोड गर्ने, जडीबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ। यस्ता भिजिलान्तेहरू प्रयोग गरेर झुटा मुद्दा लगाएर हाम्रा साथीहरूलाई थुनिएको छ।’
उनले पक्राउ परेकाहरूलाई झुटा मुद्दा लगाएर थुन्न खोजे हजारौं जनताले घर घेर्ने र सरकारमा रहेकाहरूले भाग्न समेत नपाउने चेतावनी दिए।
उनले भने, ‘म सरकारलाई अनुरोध गर्न चाहन्छु झुटा मुद्दा लगाएर थुन्न नखोजियोस्। यदि यो कोसिस भयो भने आज बल्खुमा लाखौं र भोलि देशभर हजारौं जनताले तिम्रो घर घेर्नेछन्। त्यो दिन तिमीहरू भागेर कहाँ जान्छौं।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया