बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजावादी आन्दोलनका क्रममा जडीबुटी कम्पनीमा आगो लगाउनेहरू माओवादी कार्यकर्ता रहेको पुष्टि भएको दाबी गरेका छन्।
मंगलबार पार्टीले बल्खुमा आयोजना गरेको खबरदारी सभामा बोल्दै उनले माओवादीका भिजिलान्तेहरू प्रयोग गरेर राजावादीको आन्दोलन बदनाम गर्ने प्रयास भएको दाबी गरेका हुन्।
उनले भने, ‘हाम्रा साथीहरूलाई लगेर थुनेका छन् १७ हजार मारेर ५ हजारको जिम्मा लिन्छु भन्नेले मञ्चमा बसेर भाषण गर्छन्। राजावादीले हिंसा गरे रे? अहिले प्रमाणित भयो सरकारी सम्पत्तिमा तोडफोड गर्ने, जडीबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ। यस्ता भिजिलान्तेहरू प्रयोग गरेर झुटा मुद्दा लगाएर हाम्रा साथीहरूलाई थुनिएको छ।’
उनले पक्राउ परेकाहरूलाई झुटा मुद्दा लगाएर थुन्न खोजे हजारौं जनताले घर घेर्ने र सरकारमा रहेकाहरूले भाग्न समेत नपाउने चेतावनी दिए।
उनले भने, ‘म सरकारलाई अनुरोध गर्न चाहन्छु झुटा मुद्दा लगाएर थुन्न नखोजियोस्। यदि यो कोसिस भयो भने आज बल्खुमा लाखौं र भोलि देशभर हजारौं जनताले तिम्रो घर घेर्नेछन्। त्यो दिन तिमीहरू भागेर कहाँ जान्छौं।’
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया